अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझ...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीबारे चुनावपछि थप छलफल गर्ने बताउनु भएको छ ।
पार्टीको प्रदेश-१ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज विराटनगर पुगेका प्रचण्डले एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै चुनावपछि थप छलफल हुने र छलफलबाट फेल भए आफूले नैतिकताका आधारमा अध्यक्षबाट राजीनामा दिने बताउनुभयो । यस्तै, उहाँले पछिल्लो समयमा माओवादी केन्द्र प्रवेश गर्नेको लाइन लाग्ने गरेको पनि दाबी गर्नु भएको छ।
उहाँले भन्नु भएको छ :' खुमलटारमा दिनदिनै प्रवेश गर्नेहरूको लर्काे लाग्ने गरेको छ । एमालेबाट कांग्रेसबाट साथीहरू आउने क्रम जारी छ ।'
माओवादी छाड्नेहरूको प्रसङ्गमा भने उहाँले एमसीसीलाई देखाएर पार्टी छाडेका नेताहरु नेकपा एमालेमा प्रवेश गरेको भन्दै टिप्पणी गर्नुभयो। एमसीसीको विरोध गरेर एमालेमा जानु हास्यास्पद भएको उहाँको टिप्पणी छ ।
उहाँले माओवादी छोडेकालाई एमालेमा जानुभन्दा नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टीमा, नारायणमान बिजुक्छेको नेमकिमा र मोहन वैद्यको नेकपा क्रान्तिकारीमा जानु भन्दै व्यङ्ग्य गर्नुभयो ।
यस्तै उहाँले तत्कालका लागि एमालेको केपी गुटसँग कुनै सहमति नहुने पनि प्रष्ट पार्नु भएको छ । प्रचण्डले आफ्नै सङ्गठन बलियो बनाएर चुनावमा जाने पनि दाबी गर्नुभयो । तर, स्थानीय तहमै तालमेल भए गठबन्धन बनाएर अगाडि जान सकिने उहाँको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।