अस्ट्रेलियासँगकाे चाैथाे टेस्टमा नीतीश कुमारकाे शतक, भारत अझ...
पुस १३, २०८१ शनिबार
काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका केही नेताहरुले अतिवादी कुरा गर्न थालेको भन्दै एमालेसँग चुनावी तालमेल हुन सक्ने सङ्केत गर्नुभएको छ ।
प्रशिक्षणको लागि रुपन्देहीको बुटवल पुगेका प्रचण्डले अहिले पाँच दलीय गठबन्धन मिलेरै चुनावमा जाने विषयमा छलफल भइरहेको बेला नेपाली कांग्रेसका केही नेताहरुले चर्का कुरा गरेको भन्दै एमालेसँगको चुनावी तालमेलको ढोका बन्द नभएको बताउनुभयो ।
‘एमालेसँग अहिले त छलफल भएको त छैन तर कांग्रेसमा पनि केही अतिवादी नेताहरु छन्, उनीहरुकै कारण कांग्रेसले लखेट्नै खोज्यो भने त के हुन्छ भन्न सकिँदैन । राजनीतिमा असम्भव केही हुँदैन’ प्रचण्डले भन्नुभयो । प्रचण्डले गठबन्धनको कुरा चल्दै गरे पनि आफ्नै शक्तिमा चुनाव लड्ने तयारी गर्न नेता/कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
देशैभरि नभए पनि केही ठाउँमा गठबन्धन हुने तर धेरै ठाउँमा माओवादी एक्लै चुनाव लड्नको लागि तयार हुनुपर्ने प्रचण्डको भनाइ छ । संविधान निर्माण, दलित, जनजाति, महिला, पिछडिएका वर्ग, मधेसी, मुश्लिम लगायतको हक अधिकार माओवादीकै पहलमा हासिल भएको भन्दै प्रचण्डले आफूहरुले ज्यानको बाजी राखेर ल्याएको परिवर्तनमा अरुले दाबी गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Mukesh Magar
March 17, 2022, 6:34 p.m.देश खाने ...ओल्लो घरको नरे पल्लो घर सरे ..आफ्नै घर भत्काएर अलपत्र पारे ...के हो ?