ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – काठमाण्डाै उपत्यकाको सडक चोक–चोकमा थुप्रिएको फोहर व्यवस्थापन हुन एक हप्ता लाग्ने भएकाे छ ।
चैत महिना लागेसँगै उपत्यकाको सडक छेउछाउमा थुपारिएको फोहर चार दिनदेखि व्यवस्थापन गर्न थालिएको छ । चैत महिनामा चार दिन र गएकाे फागुनमा २३ दिन विभिन्न बहानामा फोहर व्यवस्थापन हुन सकेन । लामो समयदेखि फोहर रोकिएको हुनाले नियमितरूपमा व्यवस्थापनकाे काम हुँदा पनि एक हप्ता लाग्ने कामपा वातावरण विभागका प्रमुख सरिता राईले जानकारी गराउनुभयो ।
‘घरबाट फोहर बाहिर निकाल्दैमा फोहरको व्यवस्थापन हुँदैन, सडकमा जथाभाबी फोहर हुनु भनेको पनि थप समस्या हुनु हो’, प्रमुख राईले नागरिकलाई आग्रह गर्दै भन्नुभयो, ‘फोहरको गाडी लिन आएपछि मात्रै घरबाट फोहर निकालेर व्यस्थापन गर्नु सहज हुन्छ ।’ फोहर व्यवस्थापन गरिँदै आएको ठाउँ सिसडोलका स्थानीयवासीले फोहर विसर्जन गर्ने ठाउँ नुवाकोटको सिसडोलसम्मको बाटो कालोपत्र गर्नुपर्ने माग गर्दै गरेको आन्दोलनका कारण फागुन १ गतेदेखि उपत्यकाको फोहर उठ्न सकेको थिएन ।
त्यसैगरी पछिल्लो समय निर्माणाधीन बञ्चरेडाँडाका स्थानीयवासीले निर्माणस्थल वरपरका जग्गा अधिग्रहण गर्नुपर्ने, स्थानीयवासीलाई निःशुल्क उपचार गराउनुपर्ने जस्ता माग राखेका छन् । सहरी विकास मन्त्रालयले निर्माणाधीन दीर्घकालीन फोहर व्यवस्थापनस्थलमा पहिलो सेलको काम सम्पन्न भएको भन्दै फोहर राख्न मिल्ने जनाएको छ ।
अहिले फोहर व्यवस्थापनस्थल सिसडोल भरिएको र निर्माणाधीनस्थलमा पनि फोहर राख्न सुरु गर्नुअघि नै स्थानीयवासीको अवरोधले काठमाण्डाै उपत्यकाको फोहर व्यवस्थापनमा थप समस्या हुने देखिएको कामपाको भनाइ छ । उपत्यकामा दैनिक एक हजारदेखि एक हजार दुई सय टनसम्म फोहर निस्कने गरेको छ । उपत्यकाका १८ स्थानीय तहको फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । यी सबै फोहर निजी र महानगरका गरी दैनिक दुई सयभन्दा धेरै टिपर–ट्रकबाट लगिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।