गठबन्धनलाई चुनावसम्म बचाउनु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

 चैत १०, २०७८ बिहिबार १५:५५:८ | रासस
unn.prixa.net

तनहुँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस तनहुँले आज बिहीवार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो । 

प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, ‘स्थानीय चुनावमा मात्र नभइ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ ।’ प्रधानमन्त्री देउवाले आउँदो वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गर्नुभयो । 

तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्त्व रहेको बताउँदै उहाँले कांग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गर्नुभयो । उहाँले सबै चुनावमा तनहुँमा कांग्रेसले जित्नुपर्ने धारणा राख्नुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया