सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्याे ? : प्रचण्ड

 चैत ११, २०७८ शुक्रबार १८:१३:५३ | रासस
unn.prixa.net

चितवन – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबीच सहमति र सहकार्य हुनुपर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरू एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा आउन नसक्ने उल्लेख गर्नुभयो ।

दलहरूको सहकार्यबाटै संविधान बनेको भन्दै उहाँले भन्नुभयो, ‘सबै दल आ–आफ्नै ढङ्गले गएको भए के देशमा शान्ति आउँथ्याे ?’ के संविधान सभा हुन्थ्यो ? के संविधान जारी हुन्थ्यो ? गिरिजाप्रसाद कोइरालाले आफ्नो जीवनको अन्तिम समयसम्म सहमति सहकार्यलाई मन्त्रको रूपमा भन्ने गरेको स्मरण गर्दै उहाँले याे कुरालाई बिर्सन नहुने बताउनुभयो ।

गठबन्धनका सन्दर्भमा अध्यक्ष दाहालले अहिले केही साथीहरू मिलेर जाने होइन आफ्नै आफ्नै ढङ्गले जानुपर्छ भन्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आफ्नै तरिकाले जाने हो भने पनि हामीलाई आपत्ति छैन । आफ्नै–आफ्नै तरिकाले पनि जान सकिन्छ ।’ 

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, उपमेयर पार्वती शाह ठकुरी र प्रमुख कार्यकारी अधिकृत रामबन्धु सुवेदीले महानगरले गरेका विकास निर्माणबारे जानकारी गराउनुभएको थियो ।

महानगरले ९४ करोड ३२ लाख रुपैयाँको लागतमा भवन निर्माणका लागि बोलपत्र आह्वान गरेको छ । महानगरकी मेयर दाहालले सङ्घीय सरकारबाट ३५ करोड र वाग्मती प्रदेश सरकारबाट ठेक्का कबोल मूल्यको ५० प्रतिशत रकम सुनिश्चितता भइसकेको जानकारी दिनुभयो । 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया