गाजाका ९३ प्रतिशत बैङ्क शाखाहरू ध्वस्त
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – वैदेशिक रोजगारीमा जानु पूर्व गरिएको बिमा बापत कानुन अनुसार पाइने रकम लिन अब श्रम स्वीकृति लिएको हो भनी विभागले प्रमाणित गर्नु पर्ने नियम हटेको छ ।
अनलाइन प्रणालीमा नै सबै विवरण उपलब्ध हुने भएकाले श्रमिक र बिमा कम्पनी दुवैले विभागसम्म धाउन नपर्ने वैदेशिक रोजगार विभागले जनाएको छ ।
विभागका अनुसार वैदेशिक रोजगारीमा जानु पूर्व श्रमिकले बिमा कम्पनीसँग गरेको बिमा बमोजिमको रकम भुक्तानीको लागि अबदेखि विभागमा गएर श्रम स्वीकृति लिएको हो भनी प्रमाणित गर्नु पर्ने प्रावधान हटेको र बिमा कम्पनीले पनि त्यसको रुजु गर्नका लागि विभागमा जान पर्ने छैन ।
सम्बन्धित बिमा कम्पनीले विभागको अनलाइन सूचना व्यवस्थापन प्रणालीबाट सिधै श्रम स्वीकृति लिएको नलिएको रुजु गर्न सक्ने व्यवस्था भएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनका लागि वैदेशिक रोजगारीमा जानु पूर्व बिमा गर्नु पर्छ । यस्तो बिमा तोकिएको बिमा कम्पनीमार्फत अनलाइनबाटै पनि गर्न सकिन्छ । यस्तो बिमाले वैदेशिक रोजगारीमा गएको श्रमिकको मृत्यु, अङ्गभङ्ग लगायतका कुरालाई समेट्छ ।
यस्तै, वैदेशिक रोजगार बोर्डबाट प्रदान हुने आर्थिक सहायता लगायतका अन्य सेवाहरू अब अनलाइनबाट लिन सकिने भएको छ ।
वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्ष भित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा घटना घटेको मितिले एक वर्ष भित्र बोर्डमा नियम अनुसार आर्थिक सहायताका लागि निवेदन दिन सकिन्छ । यस्तो निवेदन आफ्नो पालिकाबाट पनि दिन सकिने व्यवस्था रहेको छ ।
अब भने निवेदन दिने प्रक्रियालाई थप सरल र सहज बनाउन बोर्डले अनलाइन प्रणालीको विकास गरेर कार्यान्वयनमा ल्याएको जनाएको छ ।
यसका लागि श्रम मन्त्री स्तरको निर्णयबाट वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृति भएर कार्यान्वयनमा समेत आइसकेको छ ।
कार्यविधि अनुसार अब मृत्यु, अङ्गभङ्ग, गम्भीर बिरामी भएमा पाइने आर्थिक सहायता, शैक्षिक छात्रवृत्ति, श्रमिकको परिवारले पाउने स्वास्थ्य उपचार खर्च, शव नेपाल झिकाउने, अलपत्र श्रमिकलाई उद्धार गरी स्वदेश ल्याउने, निःशुल्क शव ढुवानी सेवा लगायतका बोर्डमार्फत पाइने सेवाका लागि अनलाइनमार्फत निवेदन दिन सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मीन बहादुर कुँवर
March 30, 2022, 5:43 p.m.यो ब्यवस्था पुर्णतः लागू होस र सबै जनमानसमा पुगोस् । बिमा निकै पल्ट गरियो खै के के भयो त्यो थाहा भएन र त्यो रकम हामीले पाउने या नपाउने के कस्तो ब्यबस्था छ त्यो खुलाई दिए म लगायत सम्पुर्ण वैदेशिक रोजगारीमा जाँदा बिमा गर्नेहरु जति प्रष्ट हुने थियौं ।