मलेसियामा श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने प्रधानमन्त्रीको घोषणा, औद्योगिक क्षेत्र असन्तुष्ट

 चैत १७, २०७८ बिहीबार १०:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाका प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने घोषणा गर्नुभएको छ । 

प्रधानमन्त्री ईस्माइल साव्री याकोवले आउँदो मे १ देखि न्यूनतम पारिश्रमिक मासिक १ हजार ५ सय रिंगिट बनाउने घोषणा गर्नुभएको हो । तर प्रधानमन्त्रीको यो घोषणालाई लिएर मलेसियाका कतिपय क्षेत्र भने असन्तुष्ट बनेका छन् ।

मलेसियाको औद्योगिक क्षेत्रले भने सरकारको विरुद्ध विरोध प्रदर्शन नै गरेको छ ।  बढाएको पारिश्रमिक लागू गर्दा कम्पनी घाटामा जाने र हुने खर्च व्यहोर्न नसक्ने औद्योगिक क्षेत्रको भनाइ छ । 

प्रधानमन्त्री साब्रीले भने सुरुमा ठूला कम्पनीहरू तथा सरकारी निकायसँग आबद्ध कम्पनीहरूमा न्यूनतम ज्याला वृद्धि लागू हुने बताउनुभएको छ । 

साना, थोरै श्रमिक काम गर्ने तथा न्यून आम्दानी भएका कम्पनीहरूमा भने मानव संसाधन मन्त्रीले अन्य मन्त्रीहरूसँग छलफल गरेर त्यस्ता कम्पनीहरूमा कहिलेदेखि न्यूनतम ज्याला वृद्धि लागु गर्ने भन्ने तय हुने बताइएको छ । मलेसियाले सन् २०२० को फेब्रुअरी १ देखि न्यूनतम ज्याला १ हजार २ सय लागु गरेको छ ।

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया