मलेसिया यात्रा पूर्व गर्नु पर्ने प्रक्रिया

 चैत २३, २०७८ बुधबार १८:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ मलेसिया यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने मलेसिया सरकारले पछिल्लो समय लागू गरेका मापदण्ड र गर्नु पर्ने प्रक्रिया पूरा गरेर मात्र जानुहोस् ।

कोरोना महामारीको कारण लामो समयदेखि अन्तर्राष्ट्रिय सीमा नाका मलेसियाले अप्रिल १ देखि खुलाएको छ । तर यात्रुले गर्ने नियम भने कडा परेको छ । 

मलेसियामा रहेको नेपाली दूतावासका अनुसार मलेसिया जान चाहनेहरूले अनिवार्य रूपमा माइसेजातारा MySejahtera एप डाउनलोड गर्नुहोस् । यो एप डाउनलोड गरी त्यसलाई रजिस्टर र याक्टिभेट गर्नुहोस् । त्यसपछि ट्राभल आइकनमा थिचेर ‘ट्राभल फर नेम’ पूरा भर्नुहोस् ।

तपाईँसँग जाने कोही आश्रित छन भने त्यो पनि थप्न सक्नुहुन्छ । ‘प्री डिर्पाचर फारम’ भरेपछि ‘सबमीट’ थिच्नुहोस् । ‘प्री डिपार्चर फारम’ पेस भएपछि तपाईँले लगाएको खोपको आधारमा विभिन्न ट्राभल कार्डहरू उपलब्ध हुन्छन् । जस्तै खोपको मात्रा पूरा लगाएको छ भने निलो र पूरा मात्रा नलगाएकाहरूको रातो कार्ड उपलब्ध हुन्छ ।

कोरोना विरुद्धको पूरा खोप लगाएर मलेसिया यात्रा गर्ने यात्रुले मलेसिया जानुभन्दा दुई दिन अघि पीसीआर परीक्षण गर्नुहोस् र त्यसको रिपोर्ट लाई अपलोड गर्नुहोस् । मलेसिया पुगेको २४ घण्टाभित्र कोरोनाको एन्टिजेन परीक्षण गर्नुपर्छ ।

यदि रिपोर्ट पोजेटिभ आएमा ७ दिन क्वरेण्टीन बस्न पर्छ । यदि रिपोर्ट नेगेटिभ आएमा क्वरेटीन बस्न पर्दैन । २४ घण्टा भित्र एन्टिजेन परीक्षण गर्न नसक्नेहरूले ५ दिनको क्वरेण्टीन बस्नपर्छ । 

पूरा खोप नलगाई यात्रा गर्ने यात्रुले पनि मलेसिया पुगेपछि पाँच दिन क्वरेण्टीनमा बस्न पर्छ ।

एपमा रातो वा निलो टिक लागेको कार्ड विमानस्थलमा 'चेक इन' गर्ने बेलामा पनि देखाउन पर्छ । यदि 'चेक इन' को समयमा एपमार्फत यो कार्ड देखाउन नसकेमा ‘चेक इन’ प्रक्रिया नै नहुने हिमालय एयरलाइन्सले सूचना निकालेको छ ।

यस्तै कोरोना महामारीको समयमा यात्रुले गर्नु पर्ने छोटो समयको बिमा पनि गर्नु पर्ने छ । कति दिनसम्मको बिमा गर्नुपर्ने भनेर तोकिएको छैन । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया