सामान्य आँखाले हेरे जस्ताे देश अहिले छैन, असफल हुने खतरा छ : अध्यक्ष लिङ्देन

 चैत २३, २०७८ बुधबार २०:२३:११ | रासस
unn.prixa.net

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई कुशासन र विकृतिबाट मुक्त बनाउनुपर्ने बताउनुभएको छ । राप्रपा मोरङले आज बुधवार आयोजना गरेको आमसभामा बोल्दै उहाँले देश र धर्म जोगाउने मानिसले कहिले पनि पछुताउनु नपर्ने बताउनुभयो । उहाँले सामान्य आँखाले हेरे जस्तो देश अहिले नरहेको स्पष्ट पार्दै देश असफल बन्नेतर्फ उन्मुख भइरहेको चर्चा गर्नुभयो । 

विगत ३१ वर्षदेखि राजनीतिक दलहरूकै कारण देशमा समस्या उत्पत्र भएको भन्दै उहाँले भत्रुभयो, ‘अब नेपाली जनताले नेतृत्व र व्यवस्थाको विकल्प खोज्नुपर्छ ।’

पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशमा भ्रष्टाचार र महँगी बढेको भन्दै रोजगारी नहुँदा युवा विदेशिएको बताउनुभयो । महामन्त्री प्रह्लाद साहले सरकारले बन्द कारखाना सञ्चालन गर्नुपर्ने र रोजगारी सिर्जना गरी उत्पादन बढाउनुपर्ने बताउनुभयो ।     

कार्यक्रममा नायिका रेखा थापा, पार्टीका केन्द्रीय सदस्य केदार कोइराला, नवप्रवेशी दिलीप धाडेवाल र जिल्ला अध्यक्ष माधव आचार्यले पनि राप्रपाले आम नेपाली जनताका भावना र चाहनअनुसार काम गर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया