म्याग्दीको कुइनेखानीमा सडक पुग्यो

 चैत २४, २०७८ बिहीबार १२:४२:४८ | रासस
unn.prixa.net

म्याग्दी - रघुगङ्गा गाउँपालिका–८ को दुर्गम कुइनेखानी गाउँमा सडक पुगेको छ । रघुगङ्गा–६ ठाडाखानीबाट धवलागिरि गाउँपालिकाको भेडीखाल्डा हुँदै कुइनेसम्मको १२ किलोमिटर लामो सडक निर्माण गरिएको हो । 

थिरबाङ तारेबिसौना मोटरबाटो निर्माण समितिका अनुसार ९१ लाख १२ हजार रुपैयाँ लागतमा सडक निर्माण गरिएको हो । सडक निर्माण गर्न गण्डकी प्रदेश सरकारको समपूरक बजेटबाट ५० लाख रुपैयाँ र गाउँपालिकाको ३३ लाख ५० हजार रुपैयाँ लगानी भएको उपभोक्ता समितिका अध्यक्ष चबहादुर छन्त्यालले जानकारी दिनुभयो । सडक सञ्जालसँग जोडिएसँगै अब कुइनेवासीलाई सदरमुकाम बेनी पुग्न पाँच घण्टा मात्र लाग्नेछ । बेनीबाट कुइनेसम्मको सडकको दूरी ४२ किलोमिटर छ ।

स्थानीयवासीलाई आवतजावतका साथै कृषि उपज बिक्री वितरण गर्न तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न सहज भएको छ । 'सबैभन्दा बढी राहत बिरामीलाई पुगेको छ', छन्त्यालले भन्नुभयो । सडक स्तरोन्नतिपछि यस सडकमा जुनसुकै समयमा यातायात सञ्चालन गर्न सकिनेछ ।

सडकको हालै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा र रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले संयुक्तरूपमा उद्घाटन गर्नुभएकाे हाे । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया