संस्थागत श्रम स्वीकृति पनि अब अनलाइनबाट

 चैत २४, २०७८ बिहीबार १५:२४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आउँदो वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम पनि अनलाइन प्रणालीबाट मात्र गरिने भएको छ ।

वैदेशिक रोजगार विभाग श्रम कार्यालय ताहाचलबाट वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने भएको हो । 

ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई जानकारी गराएको छ । 

यसका साथै कम्तीमा ३ कार्यदिन अघि नै पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृतिका लागि अनलाइनमा आवेदन दिन समेत अनुरोध गरेको छ । 

अन्तिम अपडेट: असार ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया