एमालेबाट धमाधम उम्मेदवार सिफारिस हुँदै : ललितपुरमा व्यञ्जनकार, भरतपुरमा सुवेदी

 चैत २८, २०७८ सोमबार ७:२३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावका लागि एमालेको तल्लो कमिटीबाट उम्मेदवारको नाम सिफारिस हुन थालेको छ । कतिपय ठाउँमा सर्वसम्मत रुपमा नाम सिफारिस भएका छन् भने धेरै ठाउँमा आकाङ्क्षी सबैको नाम सिफारिस गरिएको छ ।

एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार सिफारिस हुनुभएको छ । ललितपुर महानगर कमिटीले व्यञ्जनकारलाई मेयरका लागि सिफारिस गरेको हो । व्यञ्जनकार २०७४ को चुनावमा कांग्रेसका चिरिबाबु महर्जनसँग पराजित हुनुभएको थियो । 

यस्तै, एमालेबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा विजय सुवेदीको नाम सिफारिस भएको छ । वाग्मती प्रदेश सरकारका पूर्व सामाजिक विकास मन्त्रीसमेत रहेका सुवेदीलाई एमाले भरतपुर महानगर कमिटीले मेयरको उम्मेदवारमा सिफारिस गरेको हो । 

यस्तै, सुनसरीको इटहरी उपमहानगरपालिकाको मेयरको लागि एमालेले ६ जनाको नाम सिफारिस गरेको छ । एमाले नगर कमिटी सचिवालय बैठकले बहालवाला मेयर द्वारिकलाल चौधरीसहित ६ जनाको नाम  सिफारिस गरेको हो ।

चौधरीसहित उपमेयर लक्ष्मी गौतम, उपमहानगर कमिटीका अध्यक्ष यमकुमार सुब्बा, इटहरी खानेपानीका अध्यक्ष रामप्रसाद चौलागाईँ, इटहरी उपमहानगरका पूर्व अध्यक्ष रेवतीप्रसाद घिमिरे र एमाले सुनसरी सदस्य बन्नुलाल चौधरीको समेत मेयरमा नाम सिफारिस भएको छ ।

एमालेले यही महिनाभित्र वडा, गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको उम्मेदवार सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन दिएको थियो ।

गाउँ तथा नगरपालिकाका वडाध्यक्ष र सदस्यहरूका उम्मेदवारको निर्णय सम्बन्धित वडा र पालिका कमिटीको सिफारिस जिल्ला कमिटीले गर्ने, निर्णयमा विवाद आए एक तह माथिल्लो कमिटीमा पठाउने, केन्द्रले आवश्यक ठानेमा कुनै पनि तहको निर्णयमा पुनर्विचार गर्न सक्ने एमालेको उम्मेदवार छनोटसम्बन्धी मापदण्ड छ ।

एमालेले उम्मेदवारको नाम सिफारिसको अन्तिम मिति पर्सि ३० चैतसम्मका लागि तोकेको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया