रुस‍-युक्रेन युद्धकाे ५२ दिन पूरा, १ करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित

 वैशाख ३, २०७९ शनिबार ८:५६:२९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको आज ५२ दिन पूरा भएको छ । आक्रमणका कारण एक करोड १० लाखभन्दा धेरै नागरिक विस्थापित भएका छन् ।

हजारौँ नागरिक युद्धग्रस्त क्षेत्रमा फसेका बीबीसीले जनाएको छ ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको फेब्रुअरी २४ मा युक्रेनमा ‘विशेष सैन्य कारबाही’को घोषणा गरेपछि आक्रमण सुरु भएको हो ।  

युक्रेनको राजधानी किएभसहितका मुख्य सहरमा ठूलो क्षति पुगेको छ । युक्रेनको सेनाले कम्तीमा १९ हजार ६ सय रुसी सैनिकको ज्यान गएको दाबी गरेको छ । तर यो दाबीको पुष्टि हुन सकेको छैन । त्यस्तै, झन्डै १४ हजार युक्रेनी सैनिक मारिएको रुसी रक्षा मन्त्रालयले उल्लेख गरेको थियो ।

दुवै पक्षका सयौँ लडाकु विमान, हेलिकप्टर, ट्याङ्क, बख्तरबन्द गाडी ध्वस्त भएका छन् । यसैबीच, आज बिहानै किएभमा शक्तिशाली विस्फोटको आवाज सुनिएको समाचार संस्था रोयटर्सले जनाएको छ । युक्रेनको राजधानी किएभ र वरपरको क्षेत्रबाट जम्मा गरिएका नौ सय शव फोरेन्सिक विज्ञलाई हस्तान्तरण गरिएको छ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया