खोटाङको बाहुनीडाँडामा कालाजारका थप दुई जना बिरामी भेटिए

 बैशाख ६, २०७९ मंगलबार ९:४:५४ | दमन राई
unn.prixa.net

खोटाङ - खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा कालाजारका थप दुई जना बिरामी भेटिएका छन् । नगर स्वास्थ्य शाखाको समन्वयमा जिल्ला अस्पतालले केसबेस सर्भिलेन्स कार्यक्रम अन्तरगत रगत परीक्षण गर्दा दुई जनालाई कालाजार पुष्टि भएको हो ।

स्थलगत रुपमा सय जनाको रक्त नमुना सङ्कलन गरेर आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनालाई कालाजार देखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो।

यसअघि गएको चैत दोश्रो हप्ता ९२ जनाको रक्त नमुना परीक्षण गर्दा एक जनालाई कालाजार लागेको पुष्टि भएको थियो । यससँगै चालु आर्थिक वर्ष बाहुनीडाँडामा कालाजार सङ्क्रमितको सङ्ख्या ६ पुगेको छ ।

कालाजारबाट सङ्क्रमितलाई जनही दुई हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराएर जिल्ला अस्पताल पठाउने र निःशुल्क औषधि दिने प्रबन्ध मिलाइएको स्वास्थ्य शाखा प्रमुख आचार्यले बताउनुभयो ।

बाहुनीडाँडामा कालाजारका बिरामी भेटिन थालेपछि त्यसबाट सङ्क्रमित बिरामीको पहिचान गर्दै उपचार गर्ने व्यवस्थाका लागि केस बेस सर्भिलेन्स कार्यक्रम राखिएको जिल्ला अस्पतालका डा. वैभव मल्लिकले बताउनुभयो ।

बाहुनीडाँडाको विभिन्न बस्तीमा २०७७ साउनयता कालाजार देखा परेको हो । कालाजार भुसुनाको टोकाइबाट लाग्ने गर्छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया