गठबन्धनमा जनकपुर र नेपालगञ्ज उपमहानगरको भागबण्डा मिल्न बाँकी

 वैशाख ७, २०७९ बुधबार ७:२६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - जनकपुर र नेपालगञ्ज उपमहानगरमा भागबण्डा नमिलेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

६ महानगर र ९ उपमहानगरपालिकाका मेयर र उपमेयरको बाँडफाँट टुंगिए पनि जनकपुर र नेपालगञ्जमा सहमति जुट्न सकेको छैन । गएराति अबेरसम्म भएको छलफलमा जसपाले दुवैको मेयरमा दावी नछोडेपछि आज फेरि बैठक हुन लागेको हो । ११ वटा उपमहानगरमध्ये धरान र धनगढीमा कांग्रेसले मेयर र माओवादीले उपमेयर तथा इटहरी, बुटवल र तुलसीपुरमा कांग्रेसले मेयर र एकीकृत समाजवादीले उपमेयर पाउने सहमति भएको छ । यस्तै घोराही र जितपुर–सिमरामा माओवादीलाई मेयर र कांग्रेसलाई उपमेयर दिने गरी बाँडफाँट भएको छ । हेटौंडामा मेयर एकीकृत समाजवादी र उपमेयर कांग्रेस तथा कलैयामा मेयर कांग्रेस र उपमेयर जसपाले पाउने सहमति भएको छ ।  

६ वटा महानगरमा भने सहमति भैसकेको छ । सहमति अनुसार काठमाण्डौमा मेयर कांग्रेस र उपमेयर एकीकृत समाजवादी, ललितपुरमा मेयर कांग्रेस र उपमेयर माओवादी, विराटनगरमा मेयर कांग्रेस र उपमेयर जसपाबाट उम्मेदवार बन्नेछन् । यस्तै भरतपुरको मेयरमा माओवादी र उपमेयरमा काँग्रेस, पोखराको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेस तथा वीरगंजको मेयरमा जसपा र उपमेयरमा कांग्रेसबाट उम्मेदवार हुनेछन् ।

भरतपुर, पोखरा र वीरगञ्जमा अरु दललाई नेतृत्व छाडेपछि कांग्रेसभित्र असन्तुष्टि बढेको छ । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया