फोहोर बढेपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा एक हप्तासम्म सरसफाइ

 वैशाख ७, २०७९ बुधबार १२:१८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक हप्तासम्म निरन्तर सरसफाइ गरिएको छ । निकुञ्ज क्षेत्रमा पर्यटकीय स्थलहरूको संख्या धेरै रहेको र फोहोरका कारण नकारात्मक सन्देश जाने भएकाले सरसफाइ गरिएको हो । 

२७ औं वन्यजन्तु दिवसको अवसरमा बैशाख १ गतेदेखि ७ गतेसम्म सरसफाई कार्यक्रम गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । निकुञ्जका अनुसार बैशाख १ मा धुन्चे गाेसाइकुण्ड पदमार्ग, बैशाख २ मा हेलम्बु क्षेत्र, बैशाख ३ मा शिखरबेसी रेञ्जपोष्ट, बैशाख ४ मा कालिकास्थान रेञ्जपोष्ट, बैशाख ५ मा स्याफ्रुबेसी र बैशाख ७ गते धुन्चेमा सरसफाई गरिएको हो ।

निकुञ्जका कर्मचारी, नेपाली सेना, संरक्षणकर्मी र स्थानीयको सहभागितामा सरसफाइ गरिएको उहाँले बताउनुभयो । साथै कार्यालयले बन डढेलो सम्बन्धी प्रचार प्रसार, इको क्लबलाई खेलकुद सामग्री वितरण र सवारी चालकसँग एक मिनेट कार्यक्रम सञ्चालन गरेको छ ।
 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया