गठबन्धनबाट पोखराको उपमेयरमा सुरेन्द्रमान बिजुक्छे

 बैशाख १२, २०७९ सोमबार १३:३५:३३ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - सत्ता गठबन्धनकातर्फबाट पोखराको उपमेयरमा नेपाली कांग्रेसका सुरेन्द्रमान बिजुक्छेले उम्मेदवारी दिनुहुने भएकाे छ । 

कांग्रेस पोखरा महानगरका सभापति समेत रहेका बिजुक्छेलाई उपमेयरमा उठाउने निर्णय कांग्रेसले गरेको हो ।

गठबन्धनको भागबन्डामा पोखराको मेयर एकीकृत समाजवादीले र उपमेयर कांग्रेसले पाउने निर्णय यसअघि नै भइसकेको थियो। त्यस्तै, मेयरमा धनराज आचार्यलाई उम्मेदवारको टिकट दिइएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया