कास्कीमा ४ गुणा बढी मनोनयन

 बैशाख १४, २०७९ बुधबार ८:५०:४० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पालिका चुनावकाे लागि कास्कीका ५ पालिका प्रमुख पदमा ५२ जनाले मनोनयन दर्ता गराएका छन् । उपप्रमुखमा ३० जनाले उम्मेदवारी दिए । पाँच पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी ३ सय ७० जनप्रतिनिधि निर्वाचित हुनेछन् । त्यसका लागि १ हजार ४ सय ९१ जनाले मनोनयन दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयाे । यो संख्या आवश्यक जनप्रतिनिधिको चार गुणा बढी हो । कास्कीमा पाँच पालिका प्रमुख उपप्रमुख र ७२ वडा छन् ।

पोखरा महानगरमा आवश्यक १ सय ६७ जनप्रतिनिधिमा महानगर मेयर, उपमेयर, ३३ वटाका वडाध्यक्ष र सदस्य गरी ८ सय ६ जनाले उम्मेदवारी दिए । यो आवश्यक जनप्रतिनिधिको झन्डै ५ गुणा बढी उम्मेदवारी हो । पोखरा महानगर प्रमुखमा २८ र उपप्रमुखमा ११ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । तीमध्ये प्रमुखमा स्वतन्त्रतर्फ ९ र उपप्रमुखमा १ छन् ।

अन्नपूर्ण गाउँपालिकामा ५७ जनप्रतिनिधिमा २ सय ६ जनाले मनोनयन दिएका छन् । ११ वडा रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्षमा ११ र उपाध्यक्षमा ५ जनाले उम्मेदवारी दिए । अध्यक्षमा उम्मेदवारी दिएकोमा ३ स्वतन्त्र छन् । 

मादी गाउँपालिकामा ६२ प्रतिनिधिका लागि १ सय ७५ जनाले उम्मेदवारी दिएका छन् । पालिका अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाले नाम दर्ता गराएका छन् । माछापुच्छ्रे गाउँपालिकामा ४७ जना प्रतिनिधि आवश्यक पर्छ । जसमा १ सय ८७ जना चुनावी मैदानमा ओर्लिएका छन् । पालिका अध्यक्षमा ५ र उपाध्यक्षमा ६ उम्मेदवार छन् । त्यसै गरि रुपा गाउँपालिकामा अध्यक्षमा तीन जना र उपाध्यक्षमा ५ जनाले उमेद्वारी दिएका छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया