कांग्रेस कार्यकर्ताद्वारा गण्डकी कार्यालयमा तोडफोड

 बैशाख १५, २०७९ बिहिबार २०:१:२६ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । पोखरा महानगरपालिका-३ तेर्सापट्टिमा रहेकाे पार्टी कार्यालयमा कार्यकर्ताले तोडफोड गरेका छन् ।

कार्यालय बाहिर नाराबाजी गर्दै तोडफोड गरेको आरोपमा कास्की प्रहरीले २३ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे। 

पोखराका सबै वडामा उम्मेदवारी दिएको कांग्रेसले फेरि गठबन्धन गरेर वडा बाँडफाँट गर्न लागेको भन्दै पोखरा कांग्रेस कार्यकर्ताहरुले आन्दोलन गरेका थिए। 

बाँडफाँटका लागि छलफलमा कांग्रेसले केही वडा गुमाउने भएपछि आक्रोसित कांग्रेस कार्यकर्ताले नाराबाजी र तोडफोड गरेका हुन् । 

आज पाँच दलीय गठबन्धनको साझा घोषणापत्र कार्यक्रममा समेत पोखरा १८ र २४ का कांग्रेस कार्यकर्ताले नाराबाजी गरेर गेटमा तालाबन्दी गरेका थिए । पछि प्रहरी परिचालन गरेर घोषणापत्र सार्वजनिक गरिएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया