पोखरा : याे चुनावमा पनि एमालेको घोषणापत्रमा फ्लाइओभरदेखि मेट्रो रेलसम्म समावेश

 बैशाख १७, २०७९ शनिबार १८:४०:३२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – नेकपा एमाले पोखरा महानगर कमिटीले घोषणापत्र सार्वजनिक गरेको छ । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, पोखरा महानगरमा एमालेका तर्फबाट मेयरका उम्मेदवार कृष्णबहादुर थापा र उपमेयरकी उम्मेदवार मञ्जुदेवी गुरूङ, पोखरा महागनरपालिका मेयर मानबहादुर जिसी लगाएतले घोषणपत्र सार्वजनिक गरेका हुन् । 

घोषणपत्रमा पोखरामा फ्लाइओभर, टनेल, ओभरहेड ब्रिज, मनोरेल र मेट्रोरेल सञ्चालन ल्याउने उल्लेख छ । एमालेको यसअघिको चुनावको घोषणापत्रमा मोनोरेल र मेट्रो रेल सञ्चालनलाई समावेश गरिएको थियो । तर त्यसको अध्यन गर्ने काम समेत भएको छैन । शनिबार सार्वजनिक घोषणापत्रमा रेल सञ्चालनको सम्भाव्यता अध्ययन गरी कार्य आरम्भ गर्ने उल्लेख छ ।

घोषणापत्रमा आगामी ५ वर्षभित्र पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रवृधिमा उत्कृष्ट महानगरपालिका बनाउने उल्लेख गरिएको छ । महानगरमा पर्ने मध्यपहाडी  लोकमार्गको खण्डलाई छिटो निर्माण गर्न, केरुङ, काठमाडौँ हुँदै पोखराबाट लुम्बिनीसम्म रेलमार्ग सञ्चालन र कोरला–भैंसालोटन नाका हुँदै अन्तर्राष्ट्रिय व्यापार प्रबर्द्धन गर्न प्रादेशिक सरकार एवं संघीय सरकारसँग सहकार्य गर्ने पनि घोषणापत्रमा उल्लेख छ । नेकपा (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले अर्को पुस्ता पार्टी नेतृत्वमा तयार भएकाले आफू अन्तिम चुनाव लड्ने बताउनुभयाे ।

विभिन्न प्रतिबद्धता कार्यकर्तामाझ प्रस्तुत पोखरा महानगर उपमेयर पद्की उमेद्वार मन्जुदेवी गुरुङले आफू इमान्दार भएर काम गरेको र अबका दिनमा पनि गर्ने बताउनुभयाे । पार्टीको घोषणापत्र जस्ताको त्यस्तै महानगरमा इमानदारिताका साथ कार्यान्वयन गर्ने बताउनुभयाे ।

एमालले आसन्न निर्वाचनमा आफूहरूले कम्तीमा १५ देखि २० हजार मतान्तरले जित्ने जनाएको छ । केही दिन अगाडि सत्ता गठबन्धका उम्मेदवार धनराज आचार्य सहितको टिमले घोषणा पत्र जारी गरेका थिए । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया