महाेत्तरीमा हावाहुरीले विद्यालय तथा घरमा क्षति पुर्याउँदा १४ लाख रुपैयाँभन्दा बढीको नाेक्सानी

 वैशाख १८, २०७९ आइतबार १०:१:३६ | रासस
unn.prixa.net

महोत्तरी - गएराति महोत्तरी जिल्लाको विभिन्न पालिकामा आएको हावाहुरीले विद्यालय, पोल्ट्री फार्म तथा घरमा क्षति पुर्याएकाे छ । 

हावाहुरीले १४ लाख रुपैयाँभन्दा बढीको क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयाे । 

उहाँका अनुसार हावाहुरीका कारण जिल्लाको मनरासिस्वा नगरपालिका–२ मा रहेकाे कुलदीप निमाविको पूरै छाना उडाउँदा चार लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै त्यही नगरपालिकाको वडा नं ३ मा स्थानीय शम्भु यादवले सञ्चालन गरेको पोल्ट्री फार्मको छानो उडाउँदा तीन लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

हावाहुरीले जिल्लाको महोत्तरी गाउँपालिका–२ बस्ने सत्यनारायण मण्डलको खपराको घर पूरै लडाउँदा पाँच लाख तथा सुकेश्वर मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ६० हजार र रामाज्ञा मण्डलको बाँस र खपराले छाएको घर लडाउँदा ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया