कास्कीमा कार र माेटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गयाे, एक जना घाइते

 बैशाख १८, २०७९ आइतबार १६:१९:३९ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा कार र मोटरसाइकल ठाेक्किँदा एक जनाकाे ज्यान गएकाे छ । 

दुर्घटनामा माेटरसाइकलमा सवार पर्वतकाे कुश्मा नगरपालिका ४ की १८ वर्षीया सविना पुनकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ । दुर्घटनामा माेटरसाइकल चालक ४५ वर्षीय जितबहादुर पुन गम्भीर घाइते हुनुभएकाे छ । उहाँकाे पाेखराकाे मेट्राेसिटी अस्पतालमा उपचार भइरहेकाे छ । उनीहरू बाबुछाेरी हुन् । 

नौडाँडाबाट पोखरा आउँदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकल र पोखराबाट जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कार ठाेक्किएका थियाे । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया