फेरि उठ्न छाड्याे काठमाण्डाै उपत्यकाकाे फाेहर

 वैशाख १९, २०७९ सोमबार ९:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा फेरि फाेहर उठ्न छोडेको छ । एक हप्तादेखि व्यवस्थापन नभएपछि उपत्यकामा फाेहर थुप्रिन थालेको हो ।

पासाङल्हामु राजमार्ग स्तरोन्नतिमा ढिलासुस्ती र लापरबाही भएको भन्दै स्थानीय बासिन्दा फेरि आन्दोलनमा उत्रिएपछि फाेहर उठ्न छोडेको हो ।

नुवाकोटमा रहेको सिसडोल ल्यान्डफिल साइट जाने सडक क्षेत्रका स्थानीय बासिन्दा आन्दोलनमा छन् ।  उनीहरूले एक हप्तादेखि सडक बन्द गरेका छन् ।

राजमार्ग कालपत्र गर्न माग गर्दै यसअघि पनि स्थानीय बासिन्दाले अवरोध गरेका थिए । अहिले काठमाण्डौ उपत्यकाका दुई महानगरपालिकासहित १८ पालिकाको फाेहर नुवाकोटको सिसडोलमा विसर्जन हुँदै आएको छ। उपत्यकामा दैनिक एक हजार मेट्रिक टन फाेहर उत्पादन हुन्छ ।

सरकारले सहमति अनुसार काम नगरेको भन्दै ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आन्दोलन गर्दै आएका छन् । जसले गर्दा उपत्यकाको फाेहर व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया