पोखरामा 'ट्राइयाथलन' प्रतियोगिता हुँदै, १७ देशका ३५ खेलाडी सहभागी हुने

 बैशाख २०, २०७९ मंगलबार १९:०:२९ | सागर राज तिमिल्सिना
unn.prixa.net

काठमाण्डाै - विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राइ’ पोखरामा हुने भएको छ । वैशाख २४ हुने प्रतियोगितामा १७ देशका ३५ जना प्रतिस्पर्धीले सहभागिता जनाउने हिमालयन एक्सट्राइका आयोजक तथा प्रतियोगिताका निर्देशक रिक्की योन्जनले जानकारी दिए ।

प्रतियोगिता पोखराको फेवातालमा ३ दशमलव ८ किलाेमिटर पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुनेछ । प्रतियोगिता फेवातालमा पौडीबाट सुरुवात हुनेछ । पौडीपछि लगत्तै प्रतियोगीहरुको साइक्लिङ दौड सुरु हुनेछ ।

खेलाडीहरु साइकलबाट पोखरा हुँदै बाग्लुङ कालीका मन्दिर हुँदै फर्किएर पुनः कास्की लुम्रे माछापुच्छ्रे पुग्नेछन् भने लुम्रेबाट दौड सुरु हुनेछ । कास्कीको पर्यटकीय गन्तव्य मर्दी हिमाल हाइक्याम्पको ४ हजार मिटरलाई छुँदै कास्कीको माछापुच्छ्रेमा रहेकाे ल्वाङमा पुग्नेछन् । प्रतियोगिता ल्वाङमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगिता सम्पन्न हुन करिब १४ घन्टा लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा नेपालका तर्फबाट सन्तोषी राई र सोनी गुरुङको सहभागिता रहनेछ । विश्वकै अति कठिन मानिएको ट्राइयाथलन प्रतियोगितामा सम्पन्न गर्नेले मेडल र टिसर्ट प्राप्त गर्ने छन् ।
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया