सगरमाथासहित ४ वटा हिमालबाट १३ हजार ७ सय किलाे फाेहर सङ्कलन

 वैशाख २३, २०७९ शुक्रबार १६:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली सेनाले सगरमाथासहित चार वटा हिमालबाट १३ हजार सात सय ८१ किलो फोहर सङ्कलन गरेको छ ।

गएकाे चैत २२ गतेदेखि सुरु गरेको सफा हिमाल अभियान २०२२ अन्तर्गत १३ हजार किलाेभन्दा धेरै फोहर सङ्कलन गरेको नेपाली सेनाले जनाएको छ । सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमाल क्षेत्रबाट फोहर सङ्कलन गरेको हो ।

सेनाका अनुसार सगरमाथा र ल्होत्से हिमालबाट चार हजार नौ सय ६८ किलो, कञ्चनजङ्गा हिमालबाट पाँच हजार नौ सय ८९ किलो र मनास्लु हिमालबाट दुई हजार आठ सय ६४ किलो फोहर सङ्कलन गरिएको छ । सङ्कलन गरिएको फोहरमध्ये एक हजार पाँच १३ किलो कुहिने र १२ हजार दुई सय ६८ किलो फोहर नकुहिने खालको रहेको सेनाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया