कांग्रेसको अवस्था देशभर राम्रो छ : विश्वप्रकाश शर्मा

 वैशाख २३, २०७९ शुक्रबार २०:८:५५ | रासस
unn.prixa.net

फाइल फाेटाे

ओखलढुङ्गा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पालिका चुनावमा कांग्रेसले देशभर बहुमत ल्याउने दाबी गर्नुभएको छ । लिखु गाउँपालिकामा आज शुक्रवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यही वैशाख ३० को चुनावमा कांग्रेसका कुनै उम्मेदवार पराजित नहुने जिकिर गर्नुभएको हो । 

देशभरको जनलहर कांग्रेसकाे पक्षमा रहेको दाबी गर्दै महामन्त्री शर्माले पार्टी एकताबद्ध हुनु र गठबन्धन गरिनुले कांग्रेसका उम्मेदवार सबै विजयी हुने आधार प्रस्तुत गर्नुभयो । 

देशभरका सात सय ५३ पालिकामध्ये ६ सय ३४ मा कांग्रेसले प्रमुख पदमा उम्मेदवार उठाएको उहाँले बताउनुभयो । बाँकी एकसय १९ ठाउँ गठबन्धनका अन्य दललाई दिएर देशभर कांग्रेसले उनीहरूको साथ लिएको शर्माको भनाइ थियो । तीनवटै तहका सरकार कांग्रेस नेतृत्वमा बन्ने शर्माको भनाइ छ । 

कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र प्रदीप सुनुवारलगायतले सम्बोधन गर्नुभएको थियो । 

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया