ख्याल–ख्यालमा भाेट नदिनुस् : अध्यक्ष लिङ्देन

 वैशाख २३, २०७९ शुक्रबार १९:०:२० | रासस
unn.prixa.net

फाइल फाेटाे

काभ्रेपलाञ्चाेक – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनावमा साेचेर र विचार गरेर राम्राे मान्छेलाई भाेट दिन आग्रह गर्नुभएकाे  छ । बेरोजगारी, गरिबी, अविकसितको अन्त्य कुनै भगवान् आएर गर्ने नभइ नेता र राजनीति, सरकार र पार्टीले गर्ने भएकाले अध्यक्ष लिङ्देनले विचार गरेर भाेट दिन आग्रह गर्नुभएको हाे । 

राष्ट्रिय प्रजातन्त्र पार्टी काभ्रे जिल्ला कार्यसमितिले आज शुक्रवार बनेपामा आयोजना गरेको चुनावी सभामा उहाँले आफ्नो जीवनकालमा सबैखाले अभावको अन्त्य भएको देख्न चाहनेले ख्याल–ख्यालमा भोट नदिन आग्रह गर्नुभएको हो ।

राजाले १८ महिनासम्म प्रत्यक्ष शासन चलाउँदा राजाले शासन चलाउने होइन भनेर विरोध गरेपछि सबै छोडेर जनताको नासो जनतालाई नै जिम्मा दिए भनेर छाडेर हिँडेको उल्लेख गर्दै उहाँले राम्रो मान्छेलाई राजनीतिमा ल्याएर विचार गरेर मात्रै भोट दिएको अवस्थामा त्यसको उचित प्रयोग हुने विचार राख्नुभयो । 

बेलामा मल नपाउने र जन्माएर बढाएको सन्तानलाई नागरिकतासँगै राहदानी बनाएर विदेश पठाउनुपर्ने देशको बाध्यकारी अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले त्यसको अन्त्यका लागि सबैले सोच्ने बेला आएको बताउनुभयो । 

अन्तिम अपडेट: असार ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया