कास्कीमा चुनावको मौन अवधिभर जाँडरक्सी बिक्रीमा रोक

 बैशाख २४, २०७९ शनिबार ८:३०:३८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर जाँडरक्सी बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर जाँडरक्सी बिक्री पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधिभर जाँडरक्सी बिक्री नगरि व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

रात्रिकालीन व्यवसायलाई वैशाख २५ देखि २८ गतेसम्म राति ११ बजेसम्म सञ्चालन गर्ने, २९ गते ८ बजेसम्म मात्र सञ्चालन गर्ने, वैशाख ३० गते चुनावका दिन पूर्ण रुपमा बन्द गरेर गर्ने र वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म राति ११ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ ।

चुनाव प्रचार–प्रसारका समयमा हिंसात्मक क्रियाकलाप हुनसक्ने भएकाले प्रशासनले यस्तो निर्णय गरेको उल्लेख गरिएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया