सामाजिक सुरक्षा कोषमा श्रमिकको योगदान रकम बापत सरकारले जम्मा गर्‍यो १ अर्ब ६ करोड

 बैशाख २५, २०७९ आइतबार ११:१२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले जम्मा गर्नु पर्ने योगदान रकम मध्ये १ अर्ब ६ करोड रुपैयाँ जम्मा गरिदिएको छ ।

कोरोना महामारीको समयमा राहत स्वरूप सरकारले बजेटमार्फत २०७८ सालको जेठ र असार महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने घोषणा गरेको थियो ।

जस अनुरूप सरकारले जम्मा गरिदिनुपर्ने जम्मा रकम मध्ये ८४ प्रतिशत रकम मात्रै कोषमा जम्मा भएको र बाँकी १६ प्रतिशत बाँकी रहेको सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो । बाँकी रकम सरकारले उपलब्ध गराएपछि जम्मा हुने पनि कोषले जनाएको छ ।

सरकारले कोरोना महामारीको समयमा योगदानकर्तालाई राहत हुने गरी दुई महिनाको योगदान रकम कोषमा जम्मा गरिदिने प्रतिबद्धता बजेटमार्फत गरेको थियो । 

कोषमा सूचिकृत भएका श्रमिकको आधारभूत पारिश्रमिकबापत रोजगारदाताले २० प्रतिशत र श्रमिकले ११ प्रतिशत रकम जम्मा गर्नुपर्छ । 

कोषमा अहिले ३ लाख ३२ हजार ५९ योगदानकर्ता र १७ हजार ७४ रोजगारदाता सूचीकृत भएका छन् ।

अन्तिम अपडेट: बैशाख ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया