दुई वर्षदेखि बन्द कुवेतको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुल्दै

 बैशाख २५, २०७९ आइतबार १८:७:१२ | एजेन्सी
unn.prixa.net

कुवेतले दुई वर्षदेखि बन्द गरेको ‘फ्यामिली भिजिट भिसा’ यसै हप्तादेखि खुलाउने भएको छ ।

कोरोना महामारीपछि कुवेतले त्यहाँ रहेका आप्रवासीहरुलाई पारिवारिक अर्थात् फ्यामिली भिजिट भिसा प्रदान गर्न बन्द गरेको थियो । तर ईदभन्दा पहिले बसेको त्यहाँको मन्त्रीस्तरीय बैठकले कोरोना नियन्त्रण विरुद्धका प्रतिबन्धहरु हटाएसँगै भिजिट भिसा दिन पनि अनुमति दिएको त्यहाँको आवास मामिला विभागको निर्णयलाई उद्धृत गर्दै कुवेत टाइम्सले जनाएको छ ।

फ्यामिली भिजिट भिसाको लागि कुवेत सरकारले तोकेको तलब, सुरक्षा व्यवस्था, राष्ट्रियता लगायत पहिलेकै मापदण्ड यथावत् रहने जनाइएको छ । कुवेत सरकारले इराक, पाकिस्तान, सिरिया, एमन इरान, अफगानस्तान र उत्तर कोरियालाई अझै पनि कुवेत प्रवेशमा प्रतिबन्ध लगाएको छ । यस्तै, कुवेतका आन्तरिक मन्त्रीको स्वीकृति बिना केही अन्य राष्ट्रियताहरुले पनि व्यावसायिक, वर्किङ वा डिपेन्डेन्ट भिसा प्राप्त गर्न नसक्ने पनि कुवेत टाइम्सले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया