मतपत्रलगायतका सामग्री जिल्ला हुँदै मतदान केन्द्रमा पुर्याइँदै

 वैशाख २६, २०७९ सोमबार ७:३३:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आउँदो शुक्रवार हुने पालिका चुनावको लागि देशभर मतपत्र ढुवानी सकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाअनुसार चुनावको लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा पुगिसकेको र जिल्लाबाट मतदान केन्द्रसम्म पुर्याउने काम तीव्र रुपमा भइरहेको छ । मतपत्रसहितका ५८ प्रकारका सामग्री केन्द्रसम्म पुर्याउने काम भइरहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पालिका चुनावको लागि आयोगले १ करोड ९४ लाख थान मतपत्र छपाएको छ । निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदान स्थल र मतदान केन्द्रमा गरी २ लाखभन्दा बढी कर्मचारी चुनावमा खटाइएको छ ।

देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ पदका लागि आउँदो शुक्रवार मतदान हुँदैछ। 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया