लमजुङ : राँगाले हान्दा एक जनाकाे ज्यान गयाे

 बैशाख २६, २०७९ सोमबार १२:४६:५ | रासस
unn.prixa.net

लमजुङ - सुन्दरबजार नगरपालिका–४ मा राँगाले हान्दा एक जनाकाे ज्यान गएकाे छ । आफैँले पालेको राँगाले हान्दा ४४ वर्षीय खुमबहादुर मौरतीको ज्यान गएकाे हाे । 

राँगाले हानेर  गम्भीर घाइते भएका उहाँको बेसीसहरमा रहेकाे जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै ज्यान गएकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदिश रेग्मीका अनुसार राँगाले शनिवार खुमबहादुरकी १९ वर्षीया छोरी रविनालाई हानेर घाइते बनाएको थियो ।

रविनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । थप घटना हुन नदिनका लागि प्रहरीले राँगालाई गोली हानेर मारेको छ । आफैँले पालेको राँगाले केही नगर्ला भनेर समात्न जाँदा घटना हुन पुगेको स्थानीयवासीको भनाइ छ । 
 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया