पाेखरामा कांग्रेसका बागीद्वारा उम्मेदवारी फिर्ता

 बैशाख २६, २०७९ सोमबार १९:२५:२८ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पार्टीको नीतिप्रति असहमति जनाउँदै पालिका चुनावमा पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ ।‍ उम्मेदवारी फिर्ता लिएसँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएकाे छ । 

कार्कीले आज साेमवरा प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नाे उम्मेदवारी निष्क्रिय भएको उल्लेख गर्नुभएकाे छ । ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, प्रेस विज्ञप्तिमा उहाँले लेख्नुभएकाे छ, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’

यसैबीच नेपाली कांग्रेस कास्कीले पनि उम्मेदवारी फिर्ता लिएकाे भन्दै नेता विमलबहादुर कार्कीलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीभित्र असन्तुष्टि भए पनि आन्तरिक रूपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरी कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको कांग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताउनुभयाे । 

गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की कांग्रेसले बताएको छ । पोखरा १४ घर भएका कांग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि पोखरा महानगरको चुनाव जित्न गठबन्धनलाई अझै बढी सजिलो भएको कांग्रेस कास्कीको बुझाइ छ । 

तस्बिर : फेसबुक

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया