ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गए राति भएको ट्रक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । नीलगिरिखोला जलविद्युत् आयोजनामा सिमेन्ट पुर्याएर फर्कँदै गरेको ग२ख ६५८ नंको ट्रक दुर्घटना हुँदा सवारीधनी र चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको ज्यान गएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन् । घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि बेनी अस्पतालमा राखिएको छ ।
प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ । सडकबाट करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो । नारच्याङमा नीलगिरिखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको नीलगिरिखोला र निलगिरिखोला क्यासकेट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।