जजिरा एयरवेजले कतारको दोहाबाट पनि गौतमबुद्ध विमानस्थलमा नियम उडान भर्ने

 वैशाख २८, २०७९ बुधबार १४:२६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कुवेतपछि जजिरा एयरवेजले खाडीको अर्को देश कतारबाट पनि गौमतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा उडान भर्ने भएको छ ।

जेठ २ गते नै विमानस्थलको औपचारिक उद्घाटनका दिनदेखि नै कुवेतबाट उडान भर्ने तालिका सार्वजनिक गरिसकेको जजिरा एअरले कतारको दोहाबाट पनि आउँदो १२ जुन अर्थात् जेठ २९ गतेदेखि उडान भर्ने भएको हो । 

एयरलाइन्सले दोहाबाट गौतमबुद्ध विमानस्थल हप्ताको तीन वटा उडान भर्नेछ । कतारबाट टिकट लिनका लागि थप जानकारी चाहिएमा कतारस्थित सम्पर्क कार्यालयमा ४४२७१०१० तथा ३०७०१०४२ मा सम्पर्क गर्न सकिन्छ । जेठ २ गतेदेखि नै जजिरा एयरलाइन्सले कुवेत भैरहवा नियमित उडान सुरु गर्दै छ ।

कुवेतस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गर्दै सिधा हवाई सेवा सञ्चालन भएपछि मध्यपूर्वमा बसोबास गर्ने नेपाली समुदायलाई नेपालको दक्षिण–पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने जनाएको छ । 

वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि खाडीको देश प्रवेश गर्ने नेपालीका लागि सहज तथा सुविधाजनक हवाई यात्रा हुने दूतावासको विश्वास छ । 

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालनमा आउन लागेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको जहाज जेठ २ गते बिहान आइपुग्ने छ । 

कुवेतबाट स्थानीय समयअनुसार साँझ १८ बजेर ३० बजे उडेको विमान जेठ २ गते बिहान १ बजेर ४५ मिनेट जाँदा भैरहवा आइपुग्ने छ । जहाज त्यसै दिन दिन बिहान २ बजेर ३० मिनेटमा कुवेतका लागि उड्ने छ । जजिराले हप्तामा आइतबार, मङ्गलबार र बिहीबार कुवेतबाट नेपालका लागि उडान जनाएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया