बझाङकाे सुर्मा गाउँपालिकामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

 बैशाख २९, २०७९ बिहिबार १६:२९:१ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङको सुर्मा गाँउपालिका ५ सैनगाउँमा नेपाली कांग्रेस र नेकपा एमाले र कार्यकर्ताबीच झडप भएकाे छ । झडपमा परि एमालेका एक जना कार्यकर्ताको आँखामा चोट लागेको छ ।

सैनगाउँकाे धौलदेउ आधारभूत विद्यालयमा आज बिहीवार दिउँसो भएको झडपमा एमाले कार्यकर्ता रामबहादुर बोहराको दाहिने आखाँमा चोट लागेको प्रहरीले जनाएको छ । अशक्त, अपाङ्ग व्यक्तिहरूकाे भोट कसरी हाल्ने भन्ने विषयमा छलफल भइरहेको बेला दुवै पक्षबीच झडप भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

अहिले सुरक्षाकर्मी त्यस ठाउँमा खटिएपछि दुवै पक्षबीचको झगडा साम्य भइसकेको जनाइएको छ । 

अन्तिम अपडेट: चैत २६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया