धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - पालिका चुनावको मतदानक लागि दुर्गम भेगका मतदाता हिजै मतदान केन्द्रमा पुगेका छन् ।
हुम्ला, म्याग्दी लगायतका हिमाली भेगका बासिन्दा दिनभर हिँडेर मतदान केन्द्र पुगेका हुन् ।
पायक पर्ने ठाउँमा मतदान केन्द्र नभएपछि हिजो बिहानै हिँडेर बेलुकीपख मतदान केन्द्र पुगेको हुम्ला ताजाकोटका ८० वर्षीय जोखिया बुढाले बताउनुभयो ।
उहाँलाई छोराले बोकेर मतदान केन्द्रमा पुर्याउनुभएको हो । उहाँको घर ताँजाकोटको मासपुरमा पर्छ । मतदान केन्द्र भने १० घण्टा टाढा थापागाउँको कैलाश आधारभूत विद्यालयमा छ । आज हिँडेर भोट दिन नभ्याइने भएकाले हिजै घरबाट हिँडेको बुढाले उज्यालोसँग भन्नुभयो ।
उहाँले यसअघिको चुनावमा पनि यसै गरी हिँडेर मतदान गर्नुभएको थियो । ‘मतदान केन्द्रमा आइपुग्न दुःख भए पनि आफ्नो प्रतिनिधि आफैँ चयन गर्ने अवसरमा भाग लिन पाउँदा उत्साहित छु’ उहाँले भन्नुभयो । उहाँसँगै गाउँका ४५ जना मतदाता हिजै मतदान केन्द्रमा पुगेका छन् ।
हिँड्न नसक्ने केही वृद्ध वृद्धालाई ल्याउन नसकिएको ताँजाकोटका जीवन बुढाले बताउनुभयो । ‘गाउँ नजिकै मतदान केन्द्र हुनुपर्छ भन्ने माग कसैले सुनेनन्, त्यसैले घण्टौं हिँडेर भए पनि भोट दिन आएका छौं’ उहाँले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।