कास्की : मतदानमा उत्साह, मेयरका उम्मेदवारले गरे मतदान

 बैशाख ३०, २०७९ शुक्रबार ९:३१:२ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - कास्कीमा उत्साहजनक रुपमा मतदान भइरहेकाे छ । 

मतदान गर्नका लागि लामो लाइन लागेको छ । पोखराको मेयरका उम्मेदवारमध्ये गठबन्धनबाट धनराज आचार्यले पोखरा ३३ शान्ति उदय मावि मतदान केन्द्रबाट मतदान गर्नुभएकाे छ । अर्का उम्मेदवार कृष्ण थापाले पोखरा १६ को बाटुलेचौरमा रहेकाे विन्धवासिनी माविबाट मतदान गर्नुभएकाे छ । 

यस्तै, उपमेयरतर्फ एमालेकी मञ्जुदेवी गुरुङले पोखरा ८ मा रहेकाे राम आधारभूत मतदान केन्द्रबाट र कांग्रेसकी कोपिला रानाभाटले पोखरा २६ मा रहेकाे भवानी कालीका माविको केन्द्रबाट मतदान गर्नुभएकाे हाे । अटेरीबाट मेयरका उम्मेदवार गनेश पौडेलले पोखरा १४ को मझेरीपाटनमा रहेकाे रामेश्वरी मावि मतदान केन्द्रमा मतदान गर्नुभएकाे छ । बिहानदेखि नै उत्साहसहित मतदानमा भाग लिएको पोखरा ६ तालबाराही मावि 'क' का मतदान अधिकृत मनहर कडरीयाले बताउनु भयाे ।

पोखरामा २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । यहाँ ९८ मतदान स्थल र २ सय ४२ मतदान केन्द्र छन् । सबैभन्दा बढी १६ नम्बर वडामा ११ हजार १ सय ५० मतदाता छन् भने सबैभन्दा कम वडा नम्बर ४ मा २ हजार ३ सय ४४ छन् । वडा नम्बर ९ मा १ जना तेश्रो लिङ्गी मतदाताले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाभरि २ लाख ८१ हजार ८ सय ३३ मतदाता रहेका छन् । कास्कीमा महानगरसहित ५ पालिकाको चुनाव हुँदैछ।

१ सय ५० मतदान स्थल र ३ सय ३६ मतदान केन्द्रबाट बेलुका ५ बजेसम्म मतदान हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदानका लागि जिल्लाभर कर्मचारी र स्वयम्सेवक गरी २ हजार ६ सय ९५ जना खटाइएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया