मतपेटिका चर्किएपछि सोलुखुम्बुको एउटा मतदान केन्द्रमा मतदान सुरु भएन

 बैशाख ३०, २०७९ शुक्रबार ९:३:४६ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर १ को हेवामा रहेको दूधकुण्ड आधारभूत विद्यालयको मतदान स्थलमा मतपेटिका चर्किएका कारण मतदान सुरु हुन सकेको छैन ।

मतपेटिका चर्किएको भेटिएपछि मतदान सुरु नभएको र त्यहाँ अर्को मत पेटिकाको व्यवस्था गर्ने प्रयास भइरहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले जानकारी दिनुभयो ।

यस्तै, महाकुलुङ गाउँपालिकाको एउटा मतदान केन्द्रमा पनि मतदान सुरु हुन सकेको छैन ।

दुवै ठाउँको प्राविधिक समस्या समाधानको प्रयास भइरहेको प्रजिअ खनालले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया