हुम्लाको चङ्खेलीमा झडप भएपछि मतदान रोकियो

 बैशाख ३०, २०७९ शुक्रबार ९:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हुम्लाको चङ्खेली गाउँपालिका वडा नम्बर २ मा रहेको मतदान केन्द्रमा झडप भएपछि मतदान रोकिएको छ । गठबन्धन र स्वतन्त्र पक्षबीच झडप भएपछि मतदान रोकिएको हो ।

झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्यसहित दुई जना घाइते भएका हुम्लाका जिल्ला निर्वाचन अधिकारी मुक्तिनन्द रावलले जानकारी दिनुभयो । अहिले पनि स्थति तनावपूर्ण रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको उहाँले बताउनुभयो । प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिने प्रयास गर्नुको साथै दुई पक्षसँग अवस्था नियन्त्रणबारे छलफलको प्रयास पनि भइरहेको जिल्ला निर्वाचन अधिकारी रावलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया