पोखरामा करिब ३५ प्रतिशत मतदान

 बैशाख ३०, २०७९ शुक्रबार ११:४९:२० | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की - पोखरामा बिहान ११ बजेसम्म करिब ३५ प्रतिशत मत खसेको छ ।

पोखरामा उत्साहजनक रुपमा मतदान भइरहेको निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

२ लाख ७ हजार ७ सय १२ मतदातामध्ये करिब ८० हजारले मतदान गरिसकेको उहाँको भनाइ छ । पोखरामा अघिल्लो पालिका चुनावमा ७४ प्रतिशतभन्दा धेरै मत खसेको थियो । महानगरसहित पाँच पालिका रहेको कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । कास्कीमा १ सय ५० मतदान स्थल र ३ सय ३६ वटा मतदान केन्द्र तोकिएको छ ।

कास्कीमा पोखरा महानगरसहित  रुपा, माछापुच्छ्रे, मादी र अन्नपूर्ण गाउँपालिका छन् ।

पोखरा महानगरभित्र ३३ वडा छन् । कास्कीमा कुल वडाको सङ्ख्या ७२ छ । ७२ वडा र ५ पालिका गरी कास्कीमा ३ सय ७० जना जनप्रतिनिधि चुनिन्छन् ।

पोखरा महानगरपालिकाको मेयरमा मात्र २२ जनाको उम्मेदवारी परेको छ । उपमेयरमा ८ जना चुनावी प्रतिस्पर्धामा छन् । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया