मलेसियामा 'विषाक्त रक्सी'का कारण ज्यान जानेको संख्या १५ पुग्यो, मृतकमध्ये दुई नेपालीको नाम खुल्यो

 असोज २, २०७५ मंगलबार २०:९:२५ | उज्यालो सहकर्मी

मलेसिया –  मलेसियामा विषाक्त रक्सी पिउँदा चार नेपालीसहित १५ जनाको ज्यान गएको छ । ज्यान गुमाएका चार नेपालीमध्ये दुई जनाको नाम खुलेको छ । 

मलेसियाको राजधानी क्वालालम्पुर नजिकै सेलेङ्गोर सहरमा बस्दै आएका सञ्जय उराव र विशाल बुढाथोकीको ज्यान गएको मलेसियाका लागि कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनुभयो । 

मलेसियाको समयअनुसार बेलुकी ६ बजेसम्म चार नेपालीको ज्यान गएकोे र दुई जनाको परिचय खुलेको उहाँको भनाई छ । तर राति ९ बजेसम्म ज्यान जानेको संख्या १५ पुगेकाले नेपालीको संख्या बढ्न सक्ने उहाँले बताउनुभयो । यसबारे आधिकारिक विवरण लिने र सोधीखोजी गर्ने काम भैरहेको राजदूत खरेलले जानकारी दिनभयो । 

विषाक्त रक्सी पिउँदा बिरामी हुनेको संख्या ३३ पुगेको छ । यसमध्ये १५ जना नेपाली छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । स्थानीय प्रहरीलाई उद्धृत गर्दै द स्टारले जनाएअनुसार मन्डली ह्विस्की, किङ फिसर बियर र ग्राण्ड रोयल ह्विस्की खाएकाहरु बिरामी भएका हुन् ।

२२ जनाको सुङ्गई बुल्होमा उपचारका लागि भर्ना भएकामा ७ जनाको ज्यान गएको हो । अचानक मृत्युको कारण पत्ता लगाउन पोष्टमार्टमको रिपोर्ट पर्खिरहेको मलेसिया प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया