मनाङका चार वटै पालिकाको नतिजा सार्वजनिक : नासोमा कांग्रेस विजयी

 वैशाख ३१, २०७९ शनिबार १३:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - मनाङको चार वटै गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । चारमध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ ।

पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिनुभएको छ । त्यहाँ एमालेका अध्यक्षका उम्मेदवार मनबहादुर गुरुङले ६४६ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ ९ सय १३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार अर्विन गुरुङले ४९६ मत प्राप्त गर्नुभयो । 

मनाङको ङिस्याङ गाउँपालिकाको अध्यक्षमा एमालेका कान्छा घले निर्वाचित हुनुभयो । उहाँले ८६१ मत प्राप्त गर्नुभएको छ । उहाँ प्रतिस्पर्धी नेपाली कांग्रेसका छिरिङ ओङमा गुरुङ घलेले ७ सय १३ मत ल्याउनुभएको छ । उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७ सय ४४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

चामे गाउँपालिकामा एमाले र नार्पाभूमि गाउँपालिकामा कांग्रेस विजयी भएको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा एमालेका लोकेन्द्रबहादुर घले विजयी हुनुभएको हो । उहाँले ३२० मत ल्याउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत ल्याउनुभयो । 

मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी हुनुभएको छ । उहाँले १५८ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामाले १११ मत पाउनुभएको छ । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया