यौनाङ्ग देखाउनेलाई म्याद थप, बाबु पनि पक्राउ

 असोज ३, २०७५ बुधबार १७:५६:२३ | केशवप्रसाद भट्टराई

ताप्लेजुङ - सार्वजनिक स्थानमा यौनाङ्ग देखाएकाे कसुरमा पक्राउ परेका एक जनालाई जिल्ला प्रशासनबाट म्याद थप गरिएको छ । 

जिल्लामा पहिलो पटक सार्वजनिक स्थलमा यौनाङ्ग देखाएर समाजलाई खलल पु्र्‍याएको भन्दै परेको किटानी जाहेरीको आधारमा पक्राउ परेका फुङलिङ नगरपालिका ६ का सुमन लिम्बुलाई अनुसन्धानको लागि म्याद थप गरिएको हो । 

छोराले यौनाङ्ग देखाएको आरोपमा सुमनका बाबु तेजबहादुर लिम्बुलाई समेत पक्राउ गरी अनुसन्धान गरिएको प्रहरी प्रमुख डीएसपी  संजय सिंह थापाले बताउनुभयो । 

पीडितको तर्फबाट किटानी जाहेरी आएको हुदाँ उहाँका बुवा तेजबहादुर लिम्बु समेतलाई पक्राउ गरी अनुन्धान भइरहेको र म्याद थप गरी हिरासतमा राखिएको प्रमुख थापाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया