साउदीको दमाममा ६ नेपाली अलपत्र

 जेठ ४, २०७९ बुधबार १२:५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी अरबको दमाममा ६ जना नेपाली अलपत्र परेका छन् । कम्पनीले तीन महिनादेखि तलब र साढे एक महिनादेखि खानसमेत नदिएपछि आफूहरू अलपत्र परेको भन्दै शिवनारायण महतोले उद्धारका लागि अनुरोध गर्नुभएको छ ।

अलपत्र पर्नेमा मधेस प्रदेशका शिवनारायण महतो, ओम नारायण मण्डल, रामसिस मण्डल, नन्द किशोर मण्डल, इन्द्रदेव मण्डल र प्रभास यादव रहेका छन् । ८ महिनाअघि साउदी पुगेका उनीहरूले काम गरेबापत ४ महिनाको तलब पाएको र त्यसयता तीन महिनाको तलब कम्पनीले नदिएको बताएका छन् । साढे एक महिनादेखि भने खानासमेत नदिँदा भोक भोकै परेको पीडित शिवनारायण यादवले बताउनुभयो । 

उनीहरू सबै जना काठमाण्डौको मेरिडियन म्यानपावर सर्भिस प्रालिबाट साउदी गएका हुन् । 

यस्तै साउदीमा रहेको नेपाली दूतावासले पनि साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न सहरहरूबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको जनाएको छ ।

यो क्षेत्रमा कम्पनीले इकामा नबनाइदिएको वा इकामाको म्याद सकिएपछि पनि नवीकरण नगरिदिएको वा हुरुव लगाइदिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको, कम्पनीले सम्झौता अनुसारको तलब र सेवा सुविधा नदिएको, काम गरेको समयको तलब पनि नपाएको समस्याहरू आइरहेको छ ।

यस्ता समस्या बढ्न थालेपछि दूतावासले साउदीमा रहँदा श्रमिकले गर्न हुने र गर्न नहुने कुराहरूको बारेमा जानकारीका साथै साउदीको श्रम कानुन अनुसार पाउने हक अधिकारको बारेमा जानकारी दिन र दूतावासले प्रवाह गर्ने सेवाका बारेमा कार्यक्रम समेत गर्ने भएको छ ।

२० मे शुक्रबारका दिन अल असेम रेष्टहाउस फर फेस्टिभवल, अल फैसालिया, दमाममा दूतावासले कार्यक्रम गर्ने छ । समय भने बिहानको ७ बजेदेखि दिउँसोको ३ बजेसम्म तोकिएको छ  ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया