पर्वतको बिहादी गाउँपालिका अध्यक्षमा कांग्रेसका गुरुङ विजयी

 जेठ ५, २०७९ बिहिबार ९:२८:५ | सन्तोष थापा
unn.prixa.net

पर्वत - पर्वतको बिहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रविण गुरुङ विजयी हुनुभएको छ ।

गुरुङले ३ हजार ४ सय ६९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ओमप्रसाद कुँवरले २ हजार ९ सय ३७ मत ल्याउनुभएको छ । 

गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार मीना शर्मा तिवारीले ३ हजार २ सय २७ मत ल्याई विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका सन्तवहादुर गुरुङले ३ हजार ५० मत ल्याउनुभयो ।

यसरी पर्वतमा सबै पालिकाको नतिजा आएको छ । कुल ७ पालिकामध्ये प्रमुखमा नेपाली कांग्रेसले ५ र नेकपा एमालेले २ पालिकामा जित हासिल गरेका छन् ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया