भैरहवाबाटै वैदेशिक रोजगारीमा जानेलाई आवश्यक सेवा दिन प्रबन्ध मिलाउँछौँ : श्रम मन्त्रालय

 जेठ ६, २०७९ शुक्रबार १४:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सेवा दिन आवश्यक प्रबन्ध गर्न श्रम मन्त्रालयले तयारी थालेको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको टोली शुक्रबार भैरहवा गएर आवश्यक प्रबन्ध गर्ने श्रम मन्त्रालयले जनाएको छ । 

भैरहवामा वैदेशिक रोजगार सम्बन्धी कार्यालयका साथै म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूको छिट्टै विस्तार गर्ने मन्त्रालयको योजना छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएकै दिनदेखि जजिरा एयरवेजले कुवेत भैरहवा व्यवसायीक उडान गरिरहेको छ भने खाडीका अन्य श्रम गन्तव्य देश साउदी र कतारबाट पनि उडान भर्ने तालिका सार्वजनिक गरिसकेको छ ।

तर नयाँ श्रम स्वीकृति, म्यानपावर कम्पनी र अभिमुखीकरण तालिम दिने संस्था लगायत काठमाण्डौ नै केन्द्रित भएकाले भैरहवा हुँदै वैदेशिक रोजगारीमा जानेहरू काठमाण्डौ आउन पर्ने बाध्यता छ । तर विमानस्थल सञ्चालनमा आएसँगै श्रम मन्त्रालय आवश्यक सेवा प्रदानका लागि प्रबन्ध गर्न तयारीमा जुटेको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया