काठमाण्डौ महानगर : ९० हजार २ सय ९२ मत गन्दा बालेनलाई १५ हजार ५ सय ६८ मतको अग्रता

 जेठ ७, २०७९ शनिबार ८:१४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले अहिलेसम्म ३३ हजार २ सय ६० मत पाउनु भएको छ ।

पछिल्लो मत परिणाम अनुसार काठमाण्डौ महानगरमा ९० हजार २ सय ९२ मत गणना गरिएको छ ।

नेकपा एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ९२ मत पाउनु भएको छ । स्थापितभन्दा साह १५ हजार ५ सय ६८ मतले अगाडि हुनहुन्छ ।

यस्तै, मेयर पदका अर्का प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले १७ हजार ५ सय ७९ मत प्राप्त गर्नु भएको छ ।

सिंहले स्थापितसँगको मतान्तर घटाउँदै लैजानु भएको छ । स्थापित सिंहभन्दा मात्रै १ सय १३ मतले अगाडि हुनुहुन्छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया