६ सय ८५ पालिकाको मत परिणाम सार्वजनिक : कुन दलको कति ?

 जेठ ७, २०७९ शनिबार ८:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अहिलेसम्म ६ सय ८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ३९ नगरपालिका र ४ सय ४६ गाउँपालिका गरी ६ सय ८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १ सय २० र  अध्यक्षमा १ सय ८४  गरी ३ सय ४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२  र उपाध्यक्ष  १ सय ८७  गरी २ सय ७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २० गरी १ सय ८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १ सय २१ गरी २ सय ९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी १ सय १७ पालिकामा प्रमुख तथा उपमेयर ३०  र उपाध्यक्ष  ९३  गरी १ सय २३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया