बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा जसपाका साह विजयी

 जेठ ७, २०७९ शनिबार ९:५८:३० | गोविन्द शर्मा
unn.prixa.net

बाँके - बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि मोहम्मद इस्तियाक अहमद साह विजयी हुनुभएको छ।

साह ५ हजार ३७ मत प्राप्त गरी विजयी हुनुभएको हो । नेपाली कांग्रेसका रामचन्द्र मौर्यले ३ हजार ६ सय ८५ मत पाउनुभएको छ। 

यसैगरी उपाध्यक्षमा पनि दोश्रो कार्यकालका लागि जयन्ती देवि श्रीवास्तव ३ हजार ८ सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । कांग्रेसका अतिकुन निशाले ३ हजार ६ सय ७२ मत पाउनुभएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया